३६ किलो चरेस बरामद

धनगढी उपमहानगरपालिका-५ लब्लि चोकबाट चरेश बरामद गरिएको छ। प्रहरीले बुधबार साँझ करिब ३६ किलो ६६२ ग्राम चरेस बरामद गरेको हो।

 

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले हाल अल्फाबेट नखुलेको १०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकलमा सवार २ जना व्यक्तिहरूले १ वटा बोरा फाली मोटरसाइकलसहित फरार भएपश्चात प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको चरेस फेला पारी बरामद गरेको हो।

फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार