२ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, १९ मंसिर  । नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ। 

सोमबारको तुलनामा मंगलबार २ हजार ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार १५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार