आजका लागि एमाले बैठक सकियो, भाेली फेरी बस्ने

काठमाडौं, २२ पुस । नेकपा एमालेको केन्द्रिय समितिको बैठक आजका लागि सकिएको छ ।

 

आइतवार देखी सुरू भएको केन्द्रिय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलिसकेका छन ।

 

खाजा ब्रेक पछि स्थायी र पोलिटब्यूरो कमिटी ५२ जना सदस्यले बोल्न बाँकी रहेको जनाइएको थियो ।

 

अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमाथी टिप्पणी गर्नका लागि एमालेले ३–३ मिनेटको समय छुटाएको छ ।

केही केन्द्रिय सदस्यले बोल्न बाँकी रहेकाले उनीहरूको धारणा सुनिसके पछि सम्भवतः भोली नै अध्यक्ष ओलीले जवाफ दिएर बैठक सकाउने तयारी एमालेको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

Leave a Reply

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार