जाजरकोटमा जिप दुर्घटना हुँदा चालक सहित पाँच जनाको मृत्यु भएको छ । बुधबार राति नलगार्ड न.पा. ३ बिरखोला कैना–कड्के सडकखण्डस्थितमा कालीमाटीबाट करुवा जाँदै गरेको ग.३ च.९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटना भएको हो ।दुर्घटनामा जिपका चालक जाजरकोट नलगाड नगरपालिका–३ करुवा निवासी ३२ वर्षका ईन्द्रजित थापा, सोही ठाँउकी ६५ वर्षिया शिला पुन, ३२ वर्षीया सारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको आलोचना रोकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
जिप दुर्घटना भएपछि घाइते भएका सात जनालाई स्थानीय र प्रहरीले उद्धार गरि नगर दल्लीमा लगिएकोमा उपचारको क्रममा ५ जनाको मृत्यु भएको हो । घाइते नलगाड -३ का जनक थापाको उपचार भइरहेको छ भने २१ वर्षीय जीवन बि.क को डिस्चार्ज भएको प्रहरीले जनाएको छ । जिप एक्कासी ब्रेक फेल भई सडकबाट करिब ७००/८०० मिटर तल खसेको छ।