जनकपुरविरुद्ध पावरप्लेमा सुदूरपश्चिमको राम्रो सुरुवात

नेपाल प्रिमियर लिग एनपीएल) को दशौं दिनको पहिलो दिन जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पावरप्लेमा राम्रो सुरुवात गरेको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा बिना कुनै विकेटको क्षति ४२ रन बनाएको छ ।
क्रिजमा हाल ओपनरद्धय सैब जैब १५ रन र विनोद भण्डारी २१ रनमा खेलिरहेका छन् ।जनकपुर ४ खेल खेलिसक्दा हालसम्म अपराजित छ । त्यस्तै समान ४ खेल खेलेको सुदूरपश्चिम रोयल्स भने ३ जित र १ हारसहित अंक तालिकामा सुदूरपश्चिम रोयल्सलाई पछ्याइरहेको छ ।

 

सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रन, दोस्रो खेलमा काठमाडौंलाई ७३ रन, तेस्रो खेलमा लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो । चौथो खेलमा भने चितवनसँग ३३ रनले पराजित भएको हो ।
जनकपुरले पहिलो खेलमा विराटनगरलाई ८ विकेट, कर्णालीलाई ८ विकेट, पोखरालाई ७ विकेट र लुम्बिनीलाई १ रनले पराजित गरेको हो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार