नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

सेयर कारोबार साताको तेस्रो दिन आज नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन सोमबार १२.८४ अंकले घटेको नेप्से परिसूचक आज ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा पुगेको हो।नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। यसदिन ३०३ स्क्रिप्सको ८७ लाख ६८ हजार  ५६६ कित्ता सेयर ४ अर्ब ४१ करोड ३३ लाख  २० हजार २९० रुपैयाँमा खरिदबिक्री भए।सोमबार ५ अर्ब ६२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। साताको पहिलो कारोबार दिन आइतबार  ७ अर्ब ४६ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

 

जोशी हााइड्रोपावर डेभलपमेन्टको सेयर ७.६७ प्रतिशतले बढ्दा खानीखोला हाइड्रोपावरको ७.५३,गणपति लघुवित्त वित्तीय संस्थाको ६.९१,अपर लघुवित्त वित्तीय संस्थाको ६.२७ र महिला लघुवित्त वित्तीय संस्थाको ६.२५ प्रतिशतले बढ्यो।एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.९० प्रतिशतले घट्यो। १८ अर्बमाथिको सेयर कारोबार गरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो।सानिमा माइ हाइड्रोपावरको १८ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा जानकी फाइनान्सको १७ करोड,हिमालयन डिस्टिलरीको ११ करोड  र नेपाल एसबीआई बैंकको १० करोड मूल्य बराबरको कारोबार भयो।कारोबारमा आएकामध्ये ८५ स्टक्सको मूल्य बढ्दा १४८ वटाको घट्यो। १० स्टक्सको मूल्य भने स्थिर रह्यो। चार समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक देखिएका छन्।होटल्स एण्ड टुरिजम,मनु एण्ड प्रो,माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको घटेको हो।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार