जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्था काठमाडौं र सिन्धुपाल्चोबाट १७ जना पक्राउ परेका छन्। काठमाडौंको टोखा नगरपालिका-१० गोंगबु गणेशस्थान बस्ने मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ, अमेरिकी डलर ७ सय र ४ बुक तास सहित पक्राउ गरेको हो।

 

 

यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ आठकिलो बस्ने साङदोर्जे शेर्पाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ तातोपानी बस्ने ३० वर्षीय होम बहादुर गुरुङ समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बाह्रबिसे समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ६ सय ८४ रूपैयाँ र ज्याक्पट क्यासिनो मेसिन २ थान सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार