जनकपुरको लगातार चौथो जित, १ रनले पराजित भएपछि लुम्बिनी स्तब्ध

नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित गरेको छ। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेट, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि ८ विकेट र पोखरा एभेन्जर्सलाई ७ विकेटको जित निकालेको थियो। अन्तिम ओभरमा ९ रन चाँहिदा पहिलो बलमा साद बिन जफरको विकेट गएको हो। दोस्रो बलमा दुर्गेश गुप्ताले चौका प्रहार गरे। त्यसपछि खेलमा फर्किएको लुम्बिनीले अन्तिम बलमा सन्दीप जोराको विकेट गुमाउँदै खेल पनि गुमायो।

 

 

सन्दीपले ८ बलमा १ चौका र १ छक्कासहित १६ रन बनाउँदै अन्तिम बलमा किशोर महतोबाट क्याच आउट भए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्रै बनायो। लुम्बिनीले पावरप्लेमा १ विकेट गुमाउँदै ३७ रन बनाएको हो। लुम्बिनीले पहिलो विकेटका रुपमा ओपनर ब्याटर अशुतोष घिरौया ८ रन बनाउँदै  ललित राजवंशीको बलमा हर्ष थाकरबाट क्याच भए। ७.३ ओभरमा लुम्बिनीले ५० रन पूरा गर्‍यो। १० ओभरमा अन्तिम बलमा शेर मल्लले अर्जुन साउदलाई बोल्ड आउट गरेका हुन्। लुम्बिनीले १० ओभरमा २ विकेट गुमाउँदै ६४ रन बनाएको थियो।

 

 

१५ ओभरमा लुम्बिनीले १०० रन पूरा गरेको हो। १५.४ मा लुम्बिनीले तेस्रो विकेटका रुपमा कप्तान रोहितलाई गुमाएको हो। उनले ३८ बलमा ३ चौकासहित ३५ रन बनाए। उनले तेस्रो विकेटका लागि टम मोरिससँग ४१ रनको साझेदारी बनाए। लुम्बिनीले चौथो विकेटका लागि टम मोरिसको विकेट गयो। पाँचौं विकेट हर्ष थाकरले विवेकलाई डक आउट गराए। जनकपुरका लागि हर्ष थाकरले सर्वाधिक ५ विकेट लिए। शेर मल्ल, किशोर महतो र ललित राजवंशीले समान १/१ विकेट लिए। लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेट, पोखरा एभेन्जर्ससँग १० विकेट र सुदुरपश्चिमसँग ४५ रनले पराजित भएको हो। त्यसअघि ब्याटिङ गरेको जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाएका हुन्। उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरेका हुन्। आसिफ शेखले १६ रन बनाए। उनले १० बलमा २ चौका र १ छक्का प्रहार गरे। लाहिरु मिलान्थाले २३ बलमा २ चौका सहित २४ रन बनाए। सुभ कन्साकर २४ बलमा २ चौका सहित अविजित रहे। आजको दोस्रो खेलमा चितवन र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार