एक करोड मूल्य बढीको सुनचाँदी र नगदसहित तीनजना पक्राउ

कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा  क्षेत्रबाट  एक करोडभन्दा बढीको सुन,चाँदी र विदेशी मुद्रासहित तीनजना पक्राउ परेका छन् ।  सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनार शनिबार राति पक्राउ परेका हुन्।

 

भारतभारतबाट आएका उनीहरूबाट  ८० लाख ७९ हजार पाँच सय ६१ बराबरको छ सय २० ग्राम  सुन,१५ लाख २८ हजार चार सय ६० बराबरको आठ किलो नौ सय १४ ग्राम चाँदी विभिन्न दरका छ लाख ११ हजार छ सय २५  भारतीय मुद्रा,साउदी रियाल, विभिन्न  किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद भएका छन् ।

उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार