२० हजार घुससहित पक्राउ परेका तहसिलदार र कम्प्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२० हजार घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुईजना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर  गरेको छ। जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा  दायर भएको हो।

 

केही दिनअघि सेवाग्राहीबाट २० हजार घुस लिइसकेको अवस्थामा उनीहरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार  तहसिलदार मिश्र र कम्प्यु्टर अपरेटर पाण्डेको मिलेमतोमा वण्डा मुचुल्का बदर गरी पुन: वण्डा मुचुल्का गरिदिने तथा तारेख समेत दिने प्रयोजनार्थ सेवाग्राहीसँग २० हजार घुस लिएको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध आज मुद्दा दायर भएको हो।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार