भरुवा बन्दुकसहित एकजना पक्राउ

भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।

खाँडादेवी गाउँपालिका-१ कुलोडाँडा बस्ने ५४ वर्षीय नन्दलाल श्रेष्ठलाई एकनाले भरुवा बन्दुक ३ थान र करिब २ सय ग्राम बारुद जस्तो देखिने पदार्थसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।प्रहरी चौकी सित्खा र इलाका प्रहरी कार्यालय चोप्राङबाट खटिएको प्रहरीले उनको घर र गोठबाट उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार