एनपीएलमा ‘बेटिङ’ खेलाउने ७ जना पक्राउ

कीर्तिपुरस्थित खेलमैदानमा चलिरहेको एनपीएलमा अनलाइन जुवा खेलाएको आरोपमा बिहीबार ३ जना पक्राउ परेका छन्। उनीहरूलाई त्रिवि क्रिकेट मैदानबाटै पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारत विहार झारखण्डका सन्दीप कुमार सिंह, प्रिन्सु कुमार सिंह र राकेस  शर्मा रहेका छन्।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार दुई र मंगलबार दुईजना भारतीय नागरिक र बिहीबार तीन जनालाई पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता होविन्द्र वोगटीका अनुसार उनीहरूले मैदानमा नै अनलाइन जुवा ‘बेटिङ’ खेलाएका थिए। सोमबार पक्राउ पर्नेमा सुमन घोस अमित यादव, मंगलबार पक्राउ पर्नेमा विहारका सुमन्त कुमार र बज्रेस कुमार रहेका छन्।

 

उनीहरूको साथबाट प्रहरीले ६ वटा विभिन्न कम्पनीका मोबाइल र चारवटा भारतीय आधार कार्ड समेत फेला पारेको छ। उनीहरूले एनपीएल भएकै स्थानमा बसेर विभिन्न नामका अनलाइन बेटिङ एप मार्फत पैसाको हारजित हुनेगरी सट्टेबाजी खेलाएका थिए।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार