लागुऔषधसहित एक जना पक्राउ

काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाको चेकप्वाइन्टबाट लागुऔषधबाट एक जना पक्राउ परेका छन्। काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा. प्र.०१-००६ ख ५९४५ नं.को यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गासहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा ताप्लेजुङका आकाश लिम्बुलाई पक्राउ परेको हो।

 

उनले साथमा बोकेको कालो रङको झोलाभित्र लुकाएर राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध ट्रमाडोल ५० वटा पत्तामा जम्मा ५०० पिस ट्रमाडोल फेला पारी बरामद गरिएको छ। उनको प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार