नेप्से परिसूचक बढ्यो, कारोबार घट्यो

नेप्से परिसूचकले उकालो यात्रालाई आज पनि निरन्तरता दिएको छ। अघिल्लो कारोबार दिन सोमबार १९.९७ अंकले बढेको नेप्से आज १७.८० अंकले बढेर २७७५.८५ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स  ०.५८ अंकले घटेर ४७१.२१ विन्दुमा अडिएको छ।नेप्से सोमबारको तुलनामा बढेपनि कारोबार रकम भने घटेको छ। आज ३०७ स्क्रिप्सको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर ८ अर्ब ५२ करोड १२ लाख  १९ हजार २९९ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन १० अर्ब माथिको सेयर कारोबार भएको थियो। साताको पहिलो दिन आइतबार ८ अर्बमाथिको सेयर कारोबार भएको थियो।

 

दोहोरो अंकले बढेको सेयर बजारमा आज पाँच कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। ​​​​​​​दिव्यश्वरी हाइड्रोपावर,इन्ग्वा हाइड्रोपावर,खानीखोला हाइड्रोपावर,जोशी हाइड्रोपावर डेभलपमेन्ट र सुपर मादी हाइड्रोपावरको सेयर १० प्रतिशतले वृद्धि भएको हो।आज अपर स्यांगी हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.५१ प्रतिशतले ओरालो लाग्यो। कारोबार रकमका आधारमा नगदी ग्रुप शीर्षस्थानमा रह्यो। सो कम्पनीको २६ करोड७४ लाख मूल्य बराबरको कारोबार भयो।

यसैगरी जानकी फाइनान्सको २६ करोड ५१ लाख,बेस्ट फाइनान्सको २४ करोड,एनआरएनको २३ करोड  र एनआईसी एसिया बैंकको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।कारोबारमा आएका १४२ स्टक्सको मूल्य बढ्दा ९७ वटाको घट्यो भने पाँचवटा स्टक्सको मूल्य स्थिर रह्यो।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार