गौरीशंकर गाउँपालिकामा माओवादीको अग्रता कायमै

दोलखाको गौरीशंकर गाउँपालिकामा ४ वटा वडाको मतगणना सकिएको छ । ४ वटा वडाको मतगणना सकिँदा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । १२ वटा मतदानस्थलको २१ वटा मतदान केन्द्रमा जम्मा  ७ हजार ५ सय ८९ मत खसेको थियो । जम्मा ९ वटा वडामा  १५ हजार ७ सय १८ मतदाता रहेका थिए । ९ वटा  वडामध्ये वडा नं. १,२,३ र ४ को मत गणना भइसकेको हो ।वडा नम्बर १,२ जुगुमा १५ सय ६६ मत गणना गर्दा नेपाली कांग्रेसले २४० मत, नेकपा माओवादी केन्द्रले ८०९ मत, नेकपा एमालेले ४ सय ४७ मत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १८, नेकपा एकीकृत समाजवादीले १४, राप्रपाले १२ मत र जसपाले ४ मत प्राप्त गरेको छ ।

 

त्यसैगरी वडा नं. ३ र ४ झ्याकुमा १ हजार ७ सय ९८ मतमा नेपाली कांग्रेसले ५ सय ५६ मत, नेकपा माओवादी केन्द्रले ५ सय ७१ मत, नेकपा एमालेले ५ सय ६६ मत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ४२, नेकपा एकीकृत समाजवादीले १७, राप्रपाले १७ मत र जसपाले २ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

 

पछिल्लो नतिजा अनुसार नेकपा माओवादी केन्द्रले सबैभन्दा बढी १ हजार ३ सय ८० मत पाएको छ । नेकपा माओवादी केन्द्र नेकपा एमालेभन्दा ३ सय ६७ मतले अगाडि देखिएको छ । कुल खसेको मतमध्ये वडा नं.१,२ मा १७ मत बदर भएको छ । वडा नं. ३, ४ मा २१ मत बदर भएको छ ।गौरीशंकरमा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ७ राजनीतिक दलसहित १६ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । २०७९ को निर्वाचनमा उपाध्यक्ष पदमा कांग्रेसबाट श्यामसुन्दर तामाङ  निर्वाचित भएका थिए । गत वर्ष हृदयघातका कारण उनको मृत्यु भएपछि आइतबार उक्त पदमा निर्वाचन भएको हो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार