१९ अंकले बढ्यो नेप्से परिसूचक, १० अर्बमाथिको सेयर कारोबार

सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन आइतबार ९.९९ अंकले घटेको बजार आज १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्ड‍ेक्स  १.५० अंकले घटेर ४७१.७९ विन्दुमा पुगेको छ।नेप्स बढेसँगै कारोबार रकम पनि आइतारको तुलनामा बढेको छ। यसदिन ३१४ स्क्रिप्सको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५६४ रुपैयाँमा खरिदबिक्री भए।

 

अघिल्लो दिन ८ अर्ब  ८३ करोड मूल्य बराबरको  सेयर कारोबार भएको थियो। दोहोरो अंकले बढेको बजारमा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तारागाउँ रिजेन्सी होटल,विशाल बजार,खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढेको हो।यसदिन नेपाल फाइनान्सका लगानीकर्ता भने सर्वाधिक गु्माए। सो कम्पनीको सेयर ८.७२ प्रतिशतले घट्यो। चार समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्। आज ट्रेडिङ समूहको उपसूचक ९.७० प्रतिशतले बढेको हो।कारोबारमा आएकामध्ये १२६ वटा स्टक्सको मूल्य बढ्दा ११२ वटाको घट्यो। बाँकी ६ स्टक्सको मूल्य भने स्थिर रहयो।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार