अछाममा असईले आफैंमाथि गोली प्रहार गरे

अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् । तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेका हुन् ।

अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले चन्द आफैंले बोकेको पेस्तोल बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको बताए । डीएसपी भण्डारीले उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जानकारी दिए ।घटनाबारे छानविन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको डीएसपी भण्डारीले बताएका छन्।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार