हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर ठगी गर्ने ३ जना पक्राउ परेका हुन्।उनका अनुसार इलामको माई नगरपालिका–१ घर भई हाल भक्तपुरको नयाँठिमी बस्ने २५ वर्षीया समृद्धी मगर, काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई हाल स्वयम्भू बस्ने ३० वर्षीय दिपेन्द्र दर्जी र काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई हाल हाल भक्तपुरको नयाँठिमी बस्ने २६ वर्षीय वर्षा दर्जी रहेको जानकारी दिए।

 

प्रहरीका अनुसार मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई निज वर्षा दर्जीले घाउ ड्रेसिङको लागि अनलाइनबाट सम्पर्क गरी आफू एक्लै भएको अवस्थामा कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरर्जस्ती करणी मुद्दामा फसाइ दिन्छु भनि डर त्रास देखाई १८ लाख रुपैयाँबाट बार्गेनिङ गर्दै आठ लाख दिए कुरा मिल्छ भनि रकम असुली गरेका थिए।प्रहरीका अनुसार दर्जीले मेसेन्जरबाट खुट्टामा घाउ भई ड्रेसिङका लागि आइदिनु पर्‍यो भनेर पीडित व्यक्तिलाई म्यासेज गरेको र दर्जीको कोठामा पीडित व्यक्ति जाँदा निजको खुट्टामा कुनै पनि किसिमको घाउ चोट नरहेको तर दर्जीले आफ्नो ढोकाको चुकुल लगाइ पीडितलाई कोठामा राखेको खुल्न आएको छ।यसैगरी पीडितले ढोकाको चुकुल खोली बाहिर निस्किँदै गर्दा समृद्धि मगर भन्ने अर्को एक महिला आई पीडितसँग कुरा गर्नु छ भनि कोठाभित्र लगि जबरर्जस्ती करणी मुद्दामा फसाइ दिउँ वा सहमतिमा आउनु हुन्छ भन्दै धम्की दिएको प्रहरीको भनाइ छ।

 

 

प्रहरी उपरीक्षकआचार्यले बार्गेनिङ गरेर कौशलटारमा रहेको वेभ सेकुवामा मंगलबार बिहान २५ हजार नगदसहित दिपेन्द्र दर्जी र समृद्धि मगरले लिएको र समृद्धिले दिएको सिदार्थ बैंकको क्युआर खातामा रु २५ हजार थप जम्मा गरेको तथा सोही स्थानमा रु ७५ हजारको चेक लिएको तथा एक जना व्यक्ति हाल फरार रहेको अनुसन्धानबाट खुल्न आएको बताए।पक्राउ परेकाहरुको साथबाट एनआइसि एसिया बैंकको वर्षाको नाममा काटी दिएको रु ७५ हजारको चेक एक थान, नगद २० हजार पाँच सय बरामद गरिएको प्रहरीको भनाई छ। प्रहरीले अनुसन्धान जारी राखेको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार