परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

परराष्ट्र मन्त्री आरजु राणा आज चीन भ्रमणमा जाँदै छिन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो।

प्रधानमन्त्री ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा बिहीबार छेन्दु जान लागेकी हुन्। मंसिर १५ गतेसम्म परराष्ट्रमन्त्री राणा बेइजिङमा रहेर प्रधानमन्त्रीको भ्रमणका एजेन्डाहरू चीनका समकक्षी र सरकारी अधिकारीसँग बसेर तय गर्ने कार्यक्रम छ।

मन्त्री राणाले मंसिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्नेछिन्। यस अगाडि स्वास्थ्य उपचार गराएर जापानबाट बेइजिङ जाने तयारी गरे पनि डाक्टरको समय नमिलेपछि परराष्ट्रमन्त्री राणाले जापान भ्रमण स्थगित गरेकी थिइन्।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार