सेयरबजारमा दोहोरो अंकको उकालो, नवनियुक्त अध्यक्षलाइ हरियाली स्वागत

काठमाडाैं, ११ मंशिर । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त भए पछि सेयर बजार उकालो लागेको छ । हिजो मात्र बोर्डमा सरकारले अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको थियो । उनको नियुक्ति लगत्तै सेयरबजार उकालो लागेको हो ।

नयाँ अध्यक्ष पाएको पहिलो  दिनमा नेप्से सूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ३२.०३ अंकले बढे २७१५.२८ अंकमा बन्द भएको हो। यो दिन सबै समूहको उपसूचकहरु बढेर बजारमा हरियाली देखिएको छ ।कारोबारमा आएका ३१२ वटा धितोपत्रमध्ये २११ वटा धितोपत्रको मूल्य बढेको छ। बाँकी ३२ वटा धितोपत्रको भने आज मूल्य घट्न पुगेको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार