मोरङमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको एक सातापछि मृत्यु भएको छ । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–४ किसान चोकमा प्रदेश १–०१–०१३ प ३३४२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीया पम्फा श्रेष्ठ घाइते भएकी थिइन् ।
मोरङको मिक्लाजुङ गाउँपालिका–६ घर भएकी श्रेष्ठलाई गत कात्तिक २७ गते मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । स्वास्थ्यमा सुधार नभएको भन्दै परिवारका सदस्यले अस्पतालबाट बुधबार राति निकालेका थिए ।