सेयर बजारमा ५१ अंकको गिरावट,सबै समूहको उपसूचक नकारात्मक

सेयर बजारमा उच्च अंकको गिरावट आउँदा सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। यसदिन नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ७.७४ प्रतिशतले  घटेर ४७८.१६ विन्दुमा अडिएको छ।

३१० स्क्रिप्सको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर १० अर्ब ४६ करोड ८३ लाख  २० हजार ५२१ रुपैयाँको कारोबार भयो। उच्च अंकले घटेको बजारमा एउटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। यसदिन नगदी ग्रुपका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। सो कम्पनीको सेयर ८.९३ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा नगदी ग्रुप पावर  शीर्षस्थानमा रह्यो। सो कम्पनीले ४६  करोड ६८ लाख मूल्य बराबरको कारोबार गर्यो।

यसैगरी समृद्धि फाइनान्सले २९ करोडको सेयर कारोबार गर्दा पोखरा फाइनान्सले २४ करोड,पिपुल्स हाइड्रोपावर र सिंगटी हाइड्रोपावरले २३/२३ करोडको सेयर कारोबार गरे। यसदिन कारोबारमा आएकामध्ये २० स्टक्सको मूल्य बढ्दा २२४ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो। नेप्से उच्च अंकले घट्दा सबै समूहको उपसूचक नकारात्मक देखिएका

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार