श्रीमानको हत्या गरेको आरोपमा पक्राउ

रुकुम पश्चिममा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन्।

 

४० वर्षीय मधु कुमालको हत्या गरेको आरोपमा चौरजहारी नगरपालिका-२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमाललाई गए राति प्रहरीले पक्राउ गरेको छ।

 

विवादका क्रममा दीपाले चिर्पट प्रहार गर्दा मधुको घटनास्थलमै मृत्यु भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार