सुनको भाउ आज ११ सयले बढ्यो

काठमाडौं, मंसिर ०४ । नेपाली बजारमा मंगलबार (आज) सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार पनि छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो ।

 

यता, आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १९ सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १९ सय २० रुपैयाँ कायम रहेको थियो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार