नेपाल प्रिमियर लिग : पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने

विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंसिर १५ गते पहिलो खेल हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको खेलतालिका सोमबार प्रकाशित गरेसँगै यी दुई टोलीबीच उद्घाटन खेल हुने भएको हो ।

 

उद्घाटनको भोलिपल्ट अर्थात मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचनका कारण कुनै खेल हुने छैन । मंसिर १७ मा काठमान्डु गुर्खाज र चितवन राइनोजले आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछ । सोही दिन जनकपुर र कर्णाली याक्सबीच दास्रो खेल हुनेछ । यो जनकपुरको दोस्रो र कर्णालीको पहिलो खेल हुनेछ ।

तेस्रो दिन अर्थात मंसिर १८ मा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स तथा चितवन र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । लुम्बिनी लायन्सले चौथो दिनमा आएर पहिलो खेल खेल्ने छ । टोलीको प्रतिस्पर्धा विराटनगरसँग हुनेछ । टोलीको एक दिन विश्रामपछि लगातार तीन खेल खेल्नेछ । पुस १ गते लिगको अन्तिम खेल हुनेछ, जहाँ सुदूरपश्चिम र कर्णाली भिड्नेछन् ।

 

आठ टोलीबीच राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछ । पुस ३ गते तेस्रो र चौथो हुने टोली इलिमिनेटर तथा सोही दिन दोस्रो खेलमा लिगको पहिलो र दोस्रो हुने टोलीबीच क्वालिफायर १ मा प्रतिस्पर्धा हुनेछ । क्वालिफायर १ को विजेता टोली सोझै फाइनल पुग्ने छ । इलिमिनेटरमा विजयी हुने टोली र क्वालिफायर १ मा पराजित हुने टोलीबीच फाइनलमा प्रवेश पाउन पुस ४ गते प्रतिस्पर्धा हुनेछ । फाइनल पुस ६ गते हुनेछ ।Nepal Premier League: Biratnagar and Janakpur will meet in the first match [with schedule]

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार