भिरबाट लडेर घाईते भएका एक जनाको काभ्रेबाट उद्धार

काठमाडौँ । कार्तिक २७ गते राती काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका ७ र ८ को सिमाना स्थित झर्ना कटेज नजिकैको भिरबाट लडेर घाईते भएका एक जनाको उद्धार गरेको छ ।

 

अरिङ्गाल पोली फर्कने क्रममा ५ जना मध्ये सोही गाउँपालिका ८ बस्ने २५ बर्षिय राम कुमार उप्रेतीको नं १५ गण काभ्रे, नं १६ गण सिन्धुपाल्चोक र स्थानिय प्रहरीको संयुक्त टोलीले आज बिहान ५: ३० बजे उद्धार गरेको हो ।

 

अन्दाजी ३०/४० मिटर तल खोल्सामा खसेर टाउको र ढाडमा चोट लागी घाईते भएको उनलाई उद्धार गरी धुलिखेल अस्पतालतर्फ पठाइएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार