श्रीमती हत्या आरोपमा पक्राउ परेकाहरू पुर्पक्षका लागि थुनामा

श्रीमती हत्या प्रकरणमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत उदयपुरले मुद्दाको टुंगो नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

 

पूर्व श्रीमतीलाई काटेर टाउको बोकेर हिंडदै गरेको अवस्थामा पक्राउ परेका त्रियुगा नगरपालिका-६ जलजलेका र मट्टितेल छर्केर आगो लगाउने बेलका नगरपालिका-८ का व्यक्तिलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

 

न्यायाधीश दिपककुमार खरेलको इजलासले पूर्व श्रीमतीको टाउको छिनाउने ताप्ली गाउँपालिका वडानं ४ थानागाउँ घर भई त्रियुगा नपा ६ जलजले बस्ने ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। त्यसैगरी न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजालासले श्रीमतीलाई आगो लगाउने बेलका ८ का ४८ वर्षीय दानबहादुर राईलाई पनि थुनामा पठाउने आदेश दिएको हो।

 

गत असोज २२ गते तामाङले सामान्य विवादमै पूर्व श्रीमती २८ वर्षीय प्रमिला लामालाई धारिलो हतियार खुकुरीले घाटीमा छिनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरीहरनाथ योगीले बताए। श्रमतीको हत्यापछि तामाङले टाउको हातमा लिएर जलजले बजार घुम्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। त्यसैगरी असोज २२ गते घरायसी विवादमा दानबहादुरले राती ९:३० बजे ४० वर्षिय श्रीमती पूर्णकुमारी राईलाई घरको भान्सा कोठामा शरीरमा मट्टीतेल छर्किएर आगो लगाएको उनले बताए।

 

आगलागीबाट उनको छाती र खुट्टाको भाग जलेकोमा तत्कालै बिराटनगर स्थित पारस अस्पतालमा उपचारकालागि लगिएको थियो। आगोले जलेर घाइते भएकी पूर्ण कुमारीको बिराटनगरस्थित पारस अस्पतालमा उपचारको क्रममा ज्यान गएकोले एसपी योगीले बताए।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार