तास खालबाट २० जना पक्राउ, १ लाख ८० हजार रूपैयाँ बरामद

विराटनगर : मोरङका अलगअलग तास खालबाट प्रहरीले बुधबार राति २० जनालाई पक्राउ गरेको छ। विराटनगर र कटहरीमा व्यक्तिको घरमा चलिरहेको तास खालमा प्रहरीले छापा हानेको थियो। त्यस क्रममा एउटा खालबाट १२ र अर्कोबाट ८ जना पक्राउ परेका हुन्।

 

पक्राउ परेकाको साथबाट १ लाख ८० हजार रूपैयाँभन्दा बढी नगद र ४ बुक तास बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए।

 

उनका अनुसार विराटनगर महानगरपालिका–६ भट्टी मोडका विशाल देवान राईको घरमा तास खेलिरहेका १२ जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी बुद्ध श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओली नेतृत्वको संयुक्त टोलीले तासको खालमा राति ११ः३० बजेतिर छापा हानेको थियो।

 

पक्राउ पर्नेमा विराटनगर–२ का ३६ वर्षीय विशाल मण्डल, विराटनगर–६ का ५५ वर्षीय गंगाराम मण्डल, २८ वर्षीय शम्भु सहनी, ५५ वर्षीय मनबहादुर कार्की, ३२ वर्षीय भोला सहनी, रविकुमार महतो, ४१ वर्षीय रामकुमार सहनी, विराटनगर–११ का ३७ वर्षीय राजेश काफ्ले, ३६ वर्षीय शिवकुमार सहनी, २४ वर्षीय विशाल सहनी, ३० वर्षीय सञ्जीव सहनी र खोटाङको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–१४ का ३९ वर्षीय भरतकुमार राई छन्। डीएसपी जोशीका अनुसार १ बुक तास र ५४ हजार ७ सय १० रूपैयाँ नगद बरामद भएको छ।

 

त्यस्तै, कटहरी गाउँपालिका–२ का प्रभुकुमार साहको घरमा तास खेलिरहेका ८ जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालयका डीएसपी श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओली नेतृत्वकै संयुक्त टोलीले राति १२ बजेतिर छापा हानेको थियो।

 

प्रहरीले तास खालबाट घरधनी ५८ वर्षीय प्रभुकुमार साहसहित कटहरी–२ का ३२ वर्षीय सरोज ठाकुर, २८ वर्षीय सुजन साह, ६३ वर्षीय सुधीर बोहोरा, ४९ वर्षीय नारायण साह, ५३ वर्षीय शंकर साह, ३० वर्षीय सञ्जय रौनियार र कटहरी–१ का ४६ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो।

 

पक्राउ परेकाको साथबाट १ लाख १९ हजार ५ सय नेपाली र ४ हजार ६ सय भारतीय रूपैयाँ तथा ३ बुक तास बरामद भएको डीएसपी जोशीले बताए। पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए।

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार