बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका-३ तडिगाँउकी ४५ वर्षीया पार्वती भट्टको सोमबार दिउँसो करिब १ बजेतिर स्थानीय दोसिर भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।

 

सोमबार दिउँसो खर काट्न भनि खरबारीमा आएकी पार्वतीलाई एक्कासि छिमेकीको बोका आएर हान्दा उनी करिब ५ सय मिटर तल भीरमा खसेकी थिइन्।

 

बोकाले हानेर ५ मिटर तल खसेकी भट्टको घटनास्थलमै मृत्यु भएको आफन्त समेत रहेका स्थानीय केशवराज भट्टले जानकारी दिए। भट्टको घरमा श्रीमान, चार छोरा र चार छोरी छन्।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार