मुस्ताङमा ८ लाख ५२ हजार नगदसहित १२ जना जुवाडे पक्राउ

मुस्ताङ प्रहरीले जुवाखालबाट नगद ८ लाख ५२ हजारसहित १२ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ।

 

मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाबाट आइतबार साँझ ५:३० बजे जुवातास खेलिरहेका १२ जना जुवाडेलाई मुस्ताङ प्रहरीले नगदसहित पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा अधिकांश घरपझोङ-२ मार्फाका छन्।

मुस्ताङको घरपझोङ-२ मार्फास्थित एक रेष्टुरेन्टको कोठा नं. २११ र कोठा नं. २०९ मा जुवातास खेले खेलाएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको १५ जनाको प्रहरीले होटलमा छापा मारेको थियो।  प्रहरीले होटल भित्र २ वटा कोठाबाट ८ बुक ताससहित ८ लाख ५२ हजार ८ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए।

 

उनका अनुसार जुवातासको खालबाट पक्राउ परेका व्यक्तिहरू उपर आवश्यक छानबिनसहित अनुसन्धान भइरहेको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार