अर्घाखाँचीमा भारतीय नम्बरको कार दुर्घटना, एकको मृत्यु

बुटवल । अर्घाखाँचीको मालारानीबाट सदरमुकाम सन्धिखर्कतर्फ आउँदै गरेको भारतीय कार दुर्घटनामा पर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 

आइतबार साँझ कार दुर्घटना हुदाँ मालारानी गाउँपालिका वडा नम्बर ७ टिमुरे बस्ने २६ वर्षका नवीन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ ढुङ्गेदेउरालीमा मालारानी गाउँपालिका खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर ५५ एयू ८७९३ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

 

कारमा एक जनामात्र सवार रहेको र कार सडकबाट करिब आठ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार