बागलुङमा श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छिन् । बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका ३० वर्षीय हिमाल परियारले १९ वर्षीय श्रीमती अञ्जु परियारलाई बन्चरो प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) विजय यादवले जानकारी दिए।
कार्तिक ४ गते आइतबार दिउँसो साढे १२ बजे बन्चरो प्रहार गर्दा श्रीमती अन्जुको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ । घाइते अन्जुको अहिले वीर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको डिएसपि यादवले जानकारी दिए ।
घर नजिकै गोरेटो बाटोमा श्रीमतीलाई बन्चरो प्रहार गरेपछि हिमालले आफूलाई पनि टाउकोमा बन्चरो प्रहार गरेको डिएसपि यादवले बताए। हिमालको अवस्था सामान्य रहेको जनाइएको छ ।