चट्याङले लागेर झापामा मृत्यु हुनेको संंख्या तीन पुग्यो

दमक, ११ असार – झापामा चट्याङले लागेर थप एकजनाको मृत्यु भएको छ । झापा गाउँपालिका वडा नं ४ दोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको मृत्यु भएको हो ।

मंगलवार बिहान ९ बजे आफ्नो खेतमा आली लगाउँदै गरेका उनको चट्याङले लागेर घटनास्थलमै मृत्युु भएको आफन्तले जनाएका छन् । योसंगै झापामा एकैदिन चट्याङले लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यसैगरि, आज विहाननै चट्याङ लागेर जिल्लाको कमल र गौरीगञ्जमा गरि दुई जनाको मृत्युभएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ बर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ बर्षीय विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार