कमल – झापाको कमल गाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
कमल गाउँपालिका वडा नं. २ समयगढ वस्ने वर्ष ४६ का राजन खड्का आज (मंगलबार) बिहान ७ बजे आफ्नै घरवाट खेत तर्फ जाने क्रममा अचानक परेको चट्याङ लागि घाईते हुनु भएको थियो ।
त्यसपछि उपचारका लागि दमक स्थित आम्दा अस्पतालमा उपचार गराउन लगिएपनि अस्पताल पुग्ने बित्तीकै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।