दमक बहुमुखी क्याम्पसमा सुविधासम्पन्न लाईव्रेरी भवन निर्माण हुने

दमक – दमक बहुमुखी क्याम्पसमा सुविधासम्पन्न लाईब्रेरी भवन निर्माण हुने भएको छ । कोशी प्रदेश सरकारको बिनीयोजित बजेटबाट क्याम्पसमा तीन तले लाईव्रेरी भवन निर्माण हुने भएको हो ।

क्याम्पस सञ्चालक समितिका सदस्य समेत रहेका ल्याव तथा लाईव्रेरी उपसमितिका संयोजक बेदु गौतमका अनुसार भवन निर्माणका लागि सोमबार शहरी बिकास तथा भवन कार्यालय इलामको प्राविधिक टोलीले माटो परीक्षण गरिएको छ । भवनको काम बहुबर्षिय योजना अनुरुप आगामी तीन वर्ष भित्रमा पूरा गरिने लक्ष्य राखिएको उनले जनाएका छन् ।

उनले भने, –‘ लाईव्रेरी भवनको विस्तृत अध्ययन प्रतिवेदन बनाउने काम भईरहेको छ,अव काम तीव्र रुपमा अघि बढ्ने छ’ भवनको लागत अनुमान करिव तीन करोड रहेको छ ।

क्याम्पसका अध्यक्ष ढुण्डिराज भण्डारीले लाईव्रेरी भवन बनाउन प्रदेश सरकारबाट २५ लाख रुपैया छुट्टिएको बताए । यो वजेटले लाईव्रेरी भवनको काम औपचारिक रुपमा शुरु भएको उनले सुनाए । हालको लाईव्रेरीको भवन साँघुरो भई विद्यार्थीहरुलाई अध्ययनमा समेत बाधा हुदैआएकाले पनि लाईव्रेरीको नयाँ भवन बनाउन शुरु गरिएको उनले बताएका छन् ।

क्याम्पस प्रमुख यज्ञराज गिरीले क्याम्पस सञ्चालक समितिले स्थानीय,प्रदेश तथा संघीय सरकारसंग समन्वय गरि यसवर्ष वजेट प्राप्त भएकाले सोहि अनुसार काम अघि बढेको जानकारी दिए । लाईव्रेरी भवनमा सुविधासम्पन्न लाईव्रेरी कक्ष, चमेना गृह र प्रशासनिक कक्ष लगायतका संरचनाहरु तयार हुने छन् ।

क्याम्पसका प्रमुख प्रशासकीय अधिकृत पदम घिमिरेले लाईव्रेरीको नयाँ भवनमा अव विद्यार्थी संगै स्थानीय अभिभावकहरुका लागि छुटाछुट्टै कक्ष निर्माण हुने बताए । क्याम्पसका लाईव्रेरीमा विद्यार्थीका लागि मात्र सुविधा मिल्ने भएपनि यहाँ भने गैरविद्यार्थीका लागि समेत छुट्टै लाईव्रेरी कक्ष हुने भएकाले पनि यसवाट स्थानीयले लाभान्दित हुने उनले सुनाए ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार