मधेश प्रदेशमा दलितहरूको अवस्थाको अद्यावधिक तथ्यांक हेर्दा वर्तमान समयमा धेरैनै चिन्ताजनक र चुनौतीपूर्ण देखिन्छ l लोकतन्त्र गणतन्त्र आएपछि पकैपनि नेपालका दलितका बिभिन सामाजिक, राजनैतिक तथा आर्थिक सूचांकहरुमा केहि सुधार देखिएपनि अहिलेपनि दलितका अवस्था चिन्ताजनक नै छ , त्यसमापनि मधेशका दलितका अवस्था झनै चिन्ताजनक छन् . दलितबर्ग जो संग जात पिछे प्राबिधिक शिप छन् उनीहरु कसरि आर्थिकरूपले बिपन भए यसको बारेमा विचार गर्नु पर्ने हुन्छ किनभने विदेश तीर कुरा गर्ने हो भने प्राबिधिक शिपभएको धेरै धनि नभएपनि मध्यम बर्गको अवस्था त पकै हुन्छ .
यहानीर केहि डाटा उलेख गरेको छु जुन केहि तलमाथि पनि हुन सक्छ –
१. जनसंख्या
– मधेश प्रदेशको कुल जनसंख्यामा दलितहरूको प्रतिशत: लगभग १८% रहेको छ
२. शिक्षा
– दलित समुदायमा साक्षरता दर: ४०% (राष्ट्रिय औसत साक्षरता दरभन्दा २5% कम)
– उच्च शिक्षामा दलित विद्यार्थीहरूको प्रतिनिधित्व: ८% मात्र
३. स्वास्थ्य:
– दलित समुदायमा स्वास्थ्य सेवा पहुँच: सीमित
– बाल मृत्युदर: ५८ प्रति १००० जीवित जन्म (राष्ट्रिय औसतभन्दा १५% बढी)
– मातृ मृत्युदर: २३० प्रति १००,००० जीवित जन्म (राष्ट्रिय औसतभन्दा १०% बढी)
४. रोजगार:
– दलित समुदायमा बेरोजगारी दर: २६% (राष्ट्रिय औसतभन्दा १२% बढी)
– गरिबीको रेखामुनि रहेका दलितहरूको प्रतिशत: ५०%
५. आर्थिक अवस्था:
– प्रति व्यक्ति आय: ३५००० रुपैयाँ वार्षिक (राष्ट्रिय औसत ५५००० रुपैयाँ भन्दा कम)
– कृषिमा निर्भर दलितहरूको प्रतिशत: ७५%
६. जीवन प्रत्याशा
– दलित समुदायको औसत जीवन प्रत्याशा: ६० वर्ष (राष्ट्रिय औसतभन्दा १० वर्ष कम)
नेपालमा नै सबै भन्दा कम औसत आयु मधेशी दलित मुसहर औसत ४३ वर्ष
७. सामाजिक र राजनीतिक सहभागिता
– स्थानीय तहमा दलित प्रतिनिधिहरू: १०% भन्दा कम
– प्रमुख राजनीतिक दलहरूमा दलितहरूको सहभागिता: नाम मात्रैको
माथिको तथ्यांक हेर्दा बस्ताब रुपमा चिन्ताजनक देखिन्छ , अबपनि उनीहरुलाइ माथि उकासनको लागि राज्य , प्रदेश सरकार अस्थानिय निकायले अलपकालिन ,द्रिघकालिन बिसेस योजना बनाएर सम्ब्रिधिको लागि काम गर्ने बेलाआएको छ. अर्कोतीर मधेसका दलितहरु संघठित भएर आपसी मन मुटाब बिर्सेर एक ढिका भएर आफनो आर्थिक , राजनैतिक सामाजिक आधिकारको लागि संघर्ष गर्नुपर्ने देखिन्छ , जनसंख्या चाही १८ % प्रतिसत तर राज्यमा पहुच १ प्रतिसत पनि नहुनुमा तपाईहरु आफैमा संघठित नहुनुपनि एउट़ा प्रमुख कारण हो उपरोक्त तथ्यांकहरूले देखाउँछ कि मधेश प्रदेशमा दलित समुदायको अवस्था सुधार गर्न ठोस कदम चाल्नु आवश्यक छ। शिक्षा, स्वास्थ्य, रोजगार, र राजनीतिक सहभागितामा विशेष ध्यान दिनुपर्छ ताकि दलित समुदायको समग्र विकासमा योगदान दिन सकियोस्।