कमल । झापाको कमल गाउँपालिकामा रहेको श्री चन्द्रेश्वर शिव पञ्चायन मन्दिरमा बिहिबार बुद्ध जयन्तिको अवसरमा बृक्ष रोपण कार्यक्रम सम्पन्न भएको छ ।
कमल-६, स्थित जीवनचौकमा रहेको उक्त मन्दिरमा बुद्ध जयन्ति तथा कमल-५, पाडाजुङी निवासी ज्ञानेन्द्र अधिकारीको बुबा स्व. काली प्रसाद अधिकारीको पुन्य तिथिको अवसरमा बृक्ष रोपण गरिएको छ ।
उक्त बृक्ष रोपण कार्यक्रममा अधिकारीका आमा, छोराछोरी, श्रीमति तथा मन्दिरका पदाधिकारी र स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।












