झापाको कमलमा ३ दिने बालबालिकाहरुका लागि उद्घोषण कला तालिम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा ३ दिने बालबालिकाहरुका लागि उद्घोषण कला तालिम आइतबार सम्पन्न भएको छ ।

कमल गाउँपालिकाको सभाहलमा सम्पन्न ३ दिने बालबालिकाहरुका लागि उद्घोषण कला तालिमको अध्यक्षता कमल बाल सञ्जालका अध्यक्ष युविक घिमिरे रहनु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथिमा कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपाने रहनु भएको थियो ।

कमल बाल सञ्जालको आयोजनामा भएको उक्त तालिममा कमल गाउँपालिकाभरीका सामुदायिक विद्यालयका करिब ४० जना विद्यार्थीहरूको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा कमलनगर जेसीज वर्ष २०२२ का अध्यक्ष तथा नेपाल जेसीजका प्रशिक्षक नारायण बस्नेत र सञ्चारकर्मी कमल कटुवालले सहजीकरण गर्नु भएको कमल बाल सञ्चालकी सचिव रञ्जना बस्नेतले बताउनु भएको छ ।

उक्त तालिमबाट विद्यार्थीहरूले उद्घघोषक भनेको के हो ? उद्घोषक हुन के के आवश्यकता छ ? उद्घोषकले अपनाउनु पर्ने कुराहरू के के हुन् जस्ता विभिन्न कुराहरू तथा प्रत्यक्ष रूपमा नै कार्यक्रमको रूपरेखा निर्माणगरि कसरी औपचारिक कार्यक्रमहरू निर्माण गर्ने सकिन्छ भन्ने जस्ता प्रत्यक्ष रूपमा नै सञ्चालन गरिएको कमल बाल सञ्जालका अध्यक्ष घिमिरेले बताउनु भएको छ ।

समापन कार्यक्रममा स्वागत मन्तव्य कमल बाल सञ्जालकी कोषाध्यक्ष आश्मा ढकालले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन कमल बाल सञ्जालका सचिव रञ्जना भट्टराईले गर्नु भएको थियो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार