तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजारमा ऐतिहाँसिक चण्डिपुर्णे (रगरगे) मेलाको अवसरमा दोश्रो सिधुवारनका साथै विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
छथर जोरपाटी गाउँपालिका-६ नं वडा कार्यालयको संयोजनमा मेला यही जेष्ठ १० देखी १२ सम्म लाग्ने भएको चण्डीपुर्णे मेला (बुद्ध जयन्ती तथा दोश्रो सिधुवारन) मुल आयोजक समितिका संयोजक तथा वडाध्यक्ष दिपक गुरुङले बताउनु भयो ।
सिधुवारनमा पुरुष तर्फ प्रथमले नगद २५ हजार ५ सय २५ दोश्रोले २० हजार २ सय २५ र तेश्रोले १५ हजार १ सय १५ र प्रमाणपत्र र मेडल पाउने भएका छन् । त्यस्तै महिला तर्फ प्रथम हुनेले १५ हजार ५ सय २५,दोश्रोले १० हजार २ सय २५ र तेश्रो हुनेले ७ हजार १ सय २५ मेडल र प्रमाणपत्र पाउने भएका छन् । सिधुवारन प्रतियोगिता जेष्ठ ११ गते हुने आयोजकले जनाएको छ ।
उक्त मेलाको अवसरमा धाननाच, च्याब्रुङ नाच, चण्डीनाच, लाखेनाच हुने भएका छन् । आन्तरित पर्यटन प्रर्बधनका निम्ती स्थानीय उत्पादन समेत जोड दिने लक्ष्य रहेको आयोजकले जनाएको छ । मेलालाई भव्य रुपमा सम्पन्न गर्न आर्थिक समिति, प्रचारप्रसार समिति, स्वयंसेवक समिति, झाँकी व्यवस्थापन समिति, गेट निमार्ण समिति, प्राथमिक उपचार समिति, स्टल व्यवस्थापन समिति लगायतका उपसमितिहरु गठन गरिएका छन् ।