दमक । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम झापाको कमल ५ पाडाजुंगीमा भव्य रुपमा सम्पन्न भएको छ ।
कम्पनीले कोशी प्रदेश अन्तर्गत दमक, गौरादह, उर्लाबारी र पथरी शाखाका अभिकर्ताहरुको क्षमता वृद्धि विकास गर्ने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रम बैशाख १६ गते आइतबार सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले अभिकर्ता पेशाको महत्व, साथै विभिन्न परिस्थितिमा बजारीकरणको नयाँ नयाँ पद्दतिका विषयमा सरल एवं सहज टेक्निकहरु बताउदै पेशागत अभिकर्ताको विषयमा महत्वपूर्ण प्रस्तुति दिएका थिए ।
कार्यक्रममा कम्पनीका तालिम बिभाग प्रमुख सुनिल आचार्यले इमान्दारिताका साथ कार्य गर्दा यो पेशाबाट नाम, दाम र सम्मान जिवनभर रहनेगरि सन्तुष्टि सहित कार्य गर्न सकिने बताउदै बिमा कार्यक्रम निरन्तर रुपमा प्रविधिमैत्री बन्दै गएको र अब अभिकर्ताले आफ्नो पोर्टलबाट बिमा बेच्न सक्ने सम्मको प्रविधि बिकास गरेको जानकारी दिए ।
कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुख मिलन दाहालले अभिकर्ताको स्किमहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।
कम्पनीले विभिन्न समयमा कर्मचारी र अभिकर्ताहरुको क्षमता वृद्धि गर्ने र हौसला प्रदान गर्ने उदेश्यले यस्ता तालिम तथा बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको आइएमई लाइफ इन्स्यारेन्सको दमक शाखा प्रमुख ङिमा शेर्पाले बताउनु भयो ।
कोशी प्रदेश प्रमुख मिलन दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाई रहनु भएको थियो । त्यस्तै तालिम शाखा विभाग प्रमुख सुनिल कुमार आचार्य बिशेष अतिथि रहेको कार्यक्रममा दमक, गौरादह, उर्लाबारी र पथरीका शाखा प्रमुख, कर्मचारी साथै अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।