उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भयोः निर्वाचन आयोग

काठमाडौँ, १५ वैशाखः निर्वाचन आयोगले इलाम र बझाङ उपनिर्र्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ ।

शनिबार बेलुका प्रेस विज्ञप्ति जारी गरी आयोगले उपनिर्वाचन २०८१ अन्तर्गत इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (क) को मा शान्तिपूर्ण र उत्साहजनकरुपमा निर्वाचन सम्पन्न भएको जनाएको हो ।

आयोगले उपनिर्वाचन सम्पन्न गराउने कार्यमा भूमिका खेल्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचमा सङ्लग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, मतदाता, पर्यवेक्षक, उम्मेदवारलगायत सबै क्षेत्र र समुदायप्रति आभारसहित धन्यवाद ज्ञापन गरेको छ । त्यसैगरी मतगणना कार्यमा समेत सबै सरोकारवालाको सकारात्क सहयोग हुने अपेक्षा गरेको पनि आयोगले जनाएको छ ।

आयोगका अनुसार हाल मतदानको विवरण आयोगको सूचना प्रणलीमा प्रविष्टी हुने क्रम जारी रहेको छ भने मतदानस्थलबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ढुवानी भइरहेका छन् ।

त्यस्तै, हालसम्मको विवरणअनुसार इलाममा करिब ५८ प्रतिशत र बझाङमा करिब ५० प्रतिशत मतदान भएको विज्ञप्तिमा उल्लेख छ । यसअघि विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा इलामको सोही निर्वाचन क्षेत्रमा ५९ दशमलव ७८ प्रतिशत र बझाङको सोही क्षेत्रमा ५२ दशमलब ९८ प्रतिशत मतदान भएको पनि आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार