मधेशी एकता समाज यूएईको होली मिलन कार्यक्रम २०२४ सफलतापूर्वक सम्पन

यूएई – मधेशी एकता समाज यूएईको आयोजनामा भएको होली मिलन कार्यक्रम २०२४ भब्यतासाथ सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व मधेशी एकता समाज युएईका अध्यक्ष श्री धर्मेन्द्र गोहियर यादव थिए।

कार्यक्रममा एन. आर .एन कतारका प्रेसिडेन्ट श्री रमेश भट्ट, एन. आर. एन यूएईको प्रेसिडेन्ट श्री बिकाश साही, नेपाल मुस्लिम आयोगका अध्यक्ष्य श्री समिम मिया अन्सारी, नेपाल दूतावास यूएईको उपमहामहिम श्री विशाल भट्टराई, तृतीय सचिव श्री विमलेश मिश्र, तृतीय सचिव श्री दिलिराम शर्मा, श्रम कौन्सेलर श्री दिनबन्धु सुबेदी, मधेशी एकता समाजको नेपाल इकाइको संयोजक श्रीमती डा. श्री बबी सिंह यादव, मधेशी एकता समाजको संस्थापक र अन्तर्राष्ट्रिय संयोजक डा. श्री रवीन्द्र कुमार यादव सहित अन्य अतिथिहरू उपस्थित थिए।

मुख्य अतिथि श्रम तथा रोजगार मन्त्री माननीय श्री सरद सिंह भण्डारी थिए। विशिष्ट अतिथि दूतावासका उपमहामहिम श्री विशाल भट्टराई हुनुहुन्थ्यो।

प्रोग्राममा बोल्दै, मधेशी एकता समाजका नेपालका संयोजक डा. बबी सिंह यादवले होलीको कार्यक्रमको शुभकामना दिनु भएको छ र मधेशी एकता समाजका नेपाल इकाइले गर्दै आएको विभिन्न क्षेत्रमा सहयोग र समन्वयको जानकारी दिनुभएको छ।

मधेशी एकता समाजको अन्तर्राष्ट्रिय संयोजक डा. श्री रविन्द्र कुमार यादवज्यूले कार्यक्रमलाई सम्बोधन गर्दै मधेशी एकता समाजले संसारभरि फैलिएका मधेशी प्रवासीहरुलाई मधेश हितका लागि एकताको सुत्रमा बाँधेर मधेशको सांकृतिक पहिचान जोगाउन र मधेशमा रहेका कुरीति अन्धविश्वासविरुद्ध लड्न काम गरिरहेको विचार व्यक्त गर्नुभयो ।यस्तै मधेशमा शिक्षाको स्तरमा उन्नति, मधेशबाट हुने श्रम आप्रवासनलाई कम जोखिमपूर्ण बनाउन र श्रमिकलाई शीपमूलक तालिम दिई विप्रेषणको गुणवत्ता कायम गर्नेजस्ता कार्यमा एकता समाजले सकारात्मक परिवर्तनको प्रयास गरिरहेको डा. यादवले बताउनुभयो ।

यस अतिरिक्त, श्रमिकहरुलाई परदेशमा समस्या पर्दा उद्धार गर्ने, मद्दत गर्ने, मधेशमा प्राकृतिक विपत्तिको बेला सहयोग गर्ने, मधेश आन्दोलनका सहिद परिवारलाई सहयोग गर्ने, मधेश मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत गर्नेजस्ता कार्यमा समेत संस्था क्रियाशील रहेको यादवको भनाइ थियो। वर्तमान समयमा बैदेशिक रोजगारमा रहेका मधेशी युवाहरूको अवस्था अत्यन्त जोखिमपूर्ण रहेको जानकारी दिनुभएको छ। उनले कम्तीमा तकनीकी प्रशिक्षण लिने र उमेर २० वर्ष पुगेपछि पछि मात्रै बैदेशिक रोजगारको लागि आउने बाताबरण बनाउने कुरामा जोड गर्ने सल्लाह दिएका छन्।

श्रम तथा रोजगार मन्त्री माननीय श्री सरद सिंह भण्डारी जीले मधेशी एकता समाजलाई विदेशका भूमि पनि सम्पूर्ण मधेशीलाई जोडेर राखेकोमा प्रसंसा व्यक्त गर्नु भयो । वहाँले नेपाल सरकारले बैदेशिक रोजगारमा जाने चाहने आवश्यक पर्ने शिप तथा पैसा नेपाल सरकारले उपलब्ध गराउने कुरामा जोड दिने जानकारी गराउन भो। कार्यक्रम मा श्रम मत्नरी श्री भण्डारी ले जोगिरा गएर पनि सुनाए

कार्यक्रममा नेपाली राजदूतावास अबुधाबीबाट डेपुटी चिएफ़ ओफ मिस्सन विशाल भट्टराईले बोल्दै होलि पर्वको अवसरमा सबै मा हार्दिक शुभकामना दिनु भयो।

कार्यक्रममा संयुक्त अरब इमिरेट्सका विभिन्न शहर हरुमा कार्यरत ४०० जना मधेशीहरुले भाग लिएका थिए । सो कार्यक्रम मा नेपाल बाट गायक जागेश कुमार ठाकुर , नृत्यांगना निरुता साह ले प्रस्तुति दिए भने स्थानीय कलाकार हरु गायक भोला पासवान, नृत्य कलाकार ईशा, शितल, पुनम, र अजित गोले नेतृत्वकाे नेपाली ब्वाइजले आफ्नो प्रस्तुति दिए।

कार्यक्रममा युएईमा भु-उपग्रह काे सफ्टवेयर डिजाइनिङ गर्ने मुकेश झा, मिसाइल डिजाइनिङ मा कार्यरत इन्जिनियर दीपक कुमार यादव , न्यू योर्क युनिभर्सिटी आबु धाबी बाट डिग्री प्राप्त गर्ने पहिलो मधेशी उत्तम मिश्रा, दुबईमा फ्याक्ट्री स्थापना गर्ने पहिलो मधेशी विनेश यादव, अन्य मधेशी व्यापारी कविन्द्र यादव, गणेश पुरबे, जीबछ साह लाई सम्मानित गरियो।

यस संस्थाका महासचिव श्री रोशन देवले यस होलि कार्यक्रमलाई सफल बनाउन संस्थाका सम्पूर्ण सदस्य तथा युएई बासी सम्पूर्ण मधेशीलाई धेरै धन्यवाद दिदै कार्यक्रम लाई हरेक साल रोचक बनाई मधेशको संस्कृतिलाई जगेर्ना गर्नु पर्छ भनेर भन्नु भयो।

नेपाल मा होली मार्च २५मा भए पनि रमजान काे पवित्र महिना मार्च ९ देखि अप्रिल ९ सम्म चल्ने भएको ले, होली मिलन काे कार्यक्रम रमजान अगावै मार्च ३ तारीख मनाइयो।

मधेशी एकता समाज ले मार्च काे तेस्रो हप्ता मा रमजान काे अवसर मा इफ्तार काे कार्यक्रम दुबई मा गर्ने घोषणा पनि गर्यो।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार