चितवन समाज युएईको बनभोज कार्यक्रम सम्पन्न

दुवई : चितवन समाज युएईले अँग्रेजी नयाँ बर्ष र टोपी दिवशको अवसर पारेर युएईमा रहेका चितवनेहरुसंग भेटघाट तथा बनभोज कार्यक्रम गत डिसेम्बर ३१ का दिन दुबईको मश्रिफ पार्कमा कार्यक्रम सम्पन्न गरेको छ ।

अँग्रेजी नयाँ बर्ष सन् २०२४ लाई स्वागत र २०२३ लाई विदाई गर्दै रोजगारी तथा विभिन्न पेशा, व्यवसायमा आबद्ध दुबईमा रहनुभएका चितवनेहरुलाई पारीवारीक माहोलमा रमाउने, भेटघाट र बनभोज आयोजना गरिएको थियो ।

समाजका अध्यक्ष विजय अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाली समाज युएईका पार्सद अध्यक्ष राम मोक्तानले चितवन समाज युएईले गरेको सामाजिक कार्यको उच्च प्रसंसा गर्नु भयो । कार्यक्रममा अध्यक्ष अधिकारीले हरेक बर्ष बनभोज र भेटघाट कार्यक्रम गर्दै आएको र चितवनवासीहरुको उल्लेख्य उपस्थिति हुनु भएकोमा धन्यवाद र आभार प्रकट गर्नु भयो ।
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रर्दशन गर्ने योगदान तथा र चितवनलाई चिताउन महत्वपूर्ण भूमिका खेलेको भन्दै रमेश ढकाल , आसिस पुरुष र युएईमा सामाजिक क्षेत्रमा योगदान गर्नु भएको नबराज पाण्डेलाई औपचारिक कार्यक्रममा दोसल्ला सहित सम्मान गरिएको थियो ।

समाजका महासचिव राम भट्टराईले संञ्चालन गर्नु भएको कार्यक्रममा नवराज ढकाल, आशिष पुरुष, सम्पत कुमार, रवि भट्ट, नारायण ढकाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाले ४ जना नयाँ सदस्य पनि चयन गरेको छ । कौशिला पाण्डे, दीपा सुबेदी, शोभा कडरीया र भुमिराज कडेंललाई नयाँ सदस्यमा चयन गरेको हो ।

कार्यक्रममा उपस्थितिको लागि तयार गरिएको नामावली कुपनबाट गोलाप्रथा गर्दै तीन जनालाई पुरस्कार पनि वितरण गरिएको थियो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार