मिलन चौकमा चासोक तङनामः चर्चित गायक दिपक लिम्बु आउने

झापा : नेपाली साँगीतिक क्षेत्रमा कुनै समयका चर्चित गायक दीपक लिम्बू पुष १४ गते शनिबार झापाको शिबसताक्षी–७ मिलन चौक आउने भएका छन् । स्थानीय मिलन साँस्कृतिक परिवारले चासोक तङनाम (उधौली पर्व) को अवसरमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागि हुन गायक दिपक लिम्बुसहित गंगा फ्याक आउने भएका हुन् ।

गायक दिपक लिम्बुले आफ्ना नयाँ तथा पुराना सुपरहिट (चर्चित) गीतहरु प्रस्तुत गर्नेछन् । नेपाली आइडलबाट नेपाली साँगीतिक क्षेत्रमा आएका गायक लिम्बुले मिलन चौक (उभौली पर्व) मा आयोजित साँगीतिक कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउने कार्यक्रम व्यवस्थापन प्रमुख सन्तोष थेगिमले जानकारी दिए ।

कार्यक्रम व्यस्थापन प्रमुख थेगिमका अनुसार गायक दिपक लिम्बुसहित मुन्धुमी गायक गंगा फ्याकले समेत आफ्ना प्रस्तुतीहरु दिने भएका छन् । कार्यक्रममा विभिन्न जातिय झ्याकी नाचहरु र स्थानीय गायक–गायीका तथा कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुतिहरु दिने भएका थेगिमले जानकारी दिए ।

चासोक तङनामको अवसर पारेर त्यहाँ वृहत साँस्कृतिक झाँकी, राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त कलाकारद्धारा साँगीतिक कार्यक्रमसहित किराँतहरुको मौलिक भेषभुषा, संस्कार। सँस्कृति,। विभिन्न परिकारका खानपान, केलाङ, धाननाच र खेलहरु सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष राज खजुमले जनाउनुभएको छ । त्यस्तैं, सोही अवसरमा केलाङ, च्याब्रुङ र धान नाँच समेत प्रस्तुति रहने छ भने तोङ (धनु काँण), पः लुङ (छेला) खेलहरु सञ्चालन गरिने भएको छ ।

यसअघि, मिलन साँस्कृतिक परिवारले पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारी र व्यवस्थापनको बारेमा जानकारी गराइसकेको छ । कार्यक्रमको उद्घाटनका लागी शिबसताक्षी नगर प्रमुख मेघाहाङ (रोशन) थोप्रा आउनुहुने भएका छन् । त्यस्तै, स्थानीय वार्ड जनप्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, राजनीतिक पार्टी र सञ्चारकर्मीहरुको समेत सहभागिता हुने कार्यक्रम संयोजक समेत रहनुभएका शिबसताक्षी–७ का पूर्व अध्यक्ष नबीन इमजले बताए ।

यता, कार्यक्रम सम्पन्न गर्न अनुमानित रु ५ लाख खर्च हुने आर्थिक संयोजक अम्बरसिंह आङदम्बेले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न देश तथा विदेशमा बसोबास गर्नुहुने र स्थानीयवासीले स्वच्छिक सहयोगबाट सङ्कलित रुपैयाले खर्च गरिने भएको आङदम्बेले बताए । आर्थिक संयोजक आङदम्बेका अनुसार कलाकार, स्टेज निर्माण, मञ्च सजिसजावट, साउण्ड सिस्टम, अतिथी सत्कार, प्रचारप्रसार, छपाई, फलफूल, स्टल निर्माण लगायतका शिर्षकमा खर्च हुने छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार