मोरङ्ग । गछिया जेसीज वर्ष २०२४ को अध्यक्षमा धुर्ब निरौला निर्वाचित भएका छन् । मोरङ्गको सुन्दरहरैंचामा सम्पन्न १०औं महाधिवेशनबाट अध्यक्षमा निरौला निर्वाचित भएका हुन् ।
त्यस्तैगरि कार्यकारिणी उपाध्यक्षमा निराजन धमला, पुस्पा ढुङेल निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा गंगा सिग्देल, पबित्रा गौतम भण्डारी, रिसल भण्डारी र बिनोद भट्टराई निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा प्रदिप खतिवडा, कानुनी सल्लाहकारमा पप्पु शाह, कोषाध्यक्षमा रोहित लिम्बु, सचिवमा ज्ञाननाथ ढकाल र जनसम्पर्क अधिकारीमा सुस्मिता भट्टराईलाइ मनोनीत गरिएको नवनिर्वाचित अध्यक्ष धुर्ब निरौलाले बताए ।