पथरी जेसिज वर्ष-२०२४ को अध्यक्षमा विश्वकर्मा निर्वाचित

मोरङ्ग । पथरी जेसिजको अध्यक्षमा राज कुमार विश्वकर्मा निर्वाचित भएका छन् । शनिबार भएको १२ औँ साधारण सभाबाट विश्वकर्मा वर्ष-२०२४ का लागि अध्यक्ष पदमा सर्वसम्म चयन भएका हुन् ।

त्यस्तैगरि कार्यकारिणी उपाध्यक्षमा नगेन्द्र घिमिरे र गङ्गाराम साह चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा बिराज राजा कार्की,वर्षा कङ्शाकार,हिमाल सेन्चुरी र निर्मल अधिकारी र सचिवमा अम्बर नेपाली चयन भएका छन् । उक्त कार्यसमितीको जेसिजको नियम अनुसार एक वर्ष कार्यकाल रहने गर्दछ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार