मधेश प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौँ, १ पुस : रामसीता विवाहपञ्चमीका अवसरमा आज मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

मधेस प्रदेशको पात्राेअनुसार साताव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज बिदा दिइएकाे हाे।

मुख्यमन्त्री सरोजकुमार यादवले विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा आउने भक्तजनहरूलाई शुभकामना व्यक्त गरेका छन्।

त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको स्मरणमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ।

विवाहपञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती आउने गरेका छन्।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार