झापा – झापाको कमल गाउँपालिकामा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । कमल गाउँपालिका वडा न. २ ले वडा भित्र सूर्तिजन्य पदार्थको खुला बेचबिखन तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ ।
वडा कार्यालयमा यही मंसिर २५ गते सोमबार बसेको जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, तोपगाछी प्रहरी चौकी इन्चार्ज, बजार व्यवस्थापन समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक र यस वडाका ९ वटै टोल विकास संस्थाका पदाधिकारी सहितको सर्वपक्षीय बैठकले वडा भित्र सूर्तिजन्य पदार्थको खुला विक्री तथा सेवनले बालबालिकाहरुलाई नकरात्मक असर पर्न गएको भन्दै त्यसको विक्री तथा सेवनमा कडाईका साथ रोक लगाउने निर्णय भएको कमल-२ का वडाअध्यक्ष अशोक सुब्बाले बताए ।
वडा कार्यालयले सार्वजनिक सूचना निकालेर यहि पुष १ गतेदेखि सूर्तिजन्य पदार्थको विक्री तथा सेवनमा कडाईका साथ रोक लगाउने निर्णयलाई कडाईका साथ कार्यान्वयन गरिने भएको छ ।
कार्यालयले सार्वजनिक सूचनालाई अवज्ञा गरेको पाईए सो को प्रकृति हेरी १ हजारदेखि १० हजार सम्म जरिवाना असुल गरिने समेत निर्णय भएको वडाअध्यक्ष सुब्बाले बताए ।
सूचना :















