पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राप्रपाले युवा कविता प्रतियोगिता गर्ने

काठमाडौं, २७ मंसिर । राप्रपाले ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गर्ने सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पुस २७ गते सम्ममा ४० वर्ष ननाघेका युवा सहभागी हुन पाउने र सहभागीले पुसको १५ गते भित्र ५०० शब्दमा सीमित कविता धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुने कविलाई रू एक लाख, द्वितीय हुनेलाई रू ५० हजार, तृतीय हुनेलाई रू २५ हजार तथा अन्य तीनजनालाई रू १०/१० हजारको सान्त्वना पुरस्कार प्रदान गरिनेछ। पुरस्कृत कविताहरू पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष समारोहमा स्वयं कविहरूले वाचन गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रेस विज्ञप्ति

३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले युवा कविता प्रतियोगिता आयोजना गर्ने

राप्रपाले पुष २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगिता आउककदो पुस २७ गते सम्ममा ४० वर्ष ननाघेका युवाहरूमा मात्र सिमित रहने छ। प्रतियोगीहरूले कवितासँगै आफ्नो नागरिकताको फोटोकपी पठाउनु पर्नेछ। कविता पुसको १५ गते भित्रमा rppcenter48@gmail.com मेल गरेर वा ९८५१३४७४०५ मा ध्जबतकब्उउ गरेर पठाउन सकिनेछ। यसका साथै काठमाडौँ धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आएर पनि कविता बुझाउन सकिनेछ। कविता ५०० शब्दमा सिमित हुनु पर्नेछ।

प्रतियोगितामा प्रथम हुने कविलाई रू एक लाख, द्वितीय हुनेलाई रू ५० हजार, तृतीय हुनेलाई रू २५ हजार तथा अन्य तीनजनालाई रू १०/१० हजारको सान्त्वना पुरस्कार प्रदान गरिनेछ। पुरस्कृत कविताहरू पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष समारोहमा स्वयं कविहरूले वाचन गर्नेछन्।

प्राप्त कविताहरू तीनजना प्रतिष्ठित कविहरूले स्वतन्त्र र वस्तुपरक रूपमा मुल्याङ्कन गर्नेछन्। मुल्यांकन समितिका सदस्यहरूको नाम पुस २७ गते नै जानकारी गराइनेछ।

उपरोक्त उमेर समूहका स्वदेश तथा विदेशमा रहनुभएका इच्छुक कविहरुलाई प्रतियोगितामा सहभागी हुन राप्रपा खुल्ला आह्वान गर्दछ।

मोहन कुमार श्रेष्ठ
प्रवक्ता तथा प्रचार विभाग प्रमुख
मितिः २७ मंसिर २०८०

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार