आजदेखि काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौं । काठमाडौँ महानगरपालिकामा बुधबारदेखि सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाएको छ ।

दुई साताअघि १२ मंसिरमै सार्वजनिक सूचना निकालेर २७ मंसिर बुधबारदेखि महानगरको ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध हुने जानकारी गराइएको थियो । बुधबारदेखि महानगरभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध भएको छ ।

कसैले अटेर गरी बिक्री वितरण गरेकोमा सुर्तीजन्य पदार्थको जफत गरी कानुनी कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार